वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद गुज्रेको र बढी मूल्यमा नुन बेचिरहेका दुई मार्टलाई ३/३ लाख जरिवाना गराएको छ।
सोल्टीमोडमा रहेको म्याक्रो मिनि मार्ट र ताहाचलको मेगा मार्ट प्रालिलाई उक्त जरिवाना गरिएको हो।
साल्ट ट्रेडिङ कर्पोरेसनबाट उत्पादन तथा वितरण भएको आयोनुन म्याक्रो मिनिमार्टले बढी मूल्यमा बेचेको थियो भने मेगा मार्टले उपभोग गर्नुपर्ने मिति नाघिसकेको नुनको बिक्री गरेको विभागले जनाएको छ।
उनीहरुलाई उपभोक्ता संरक्षण ऐनअनुसार उक्त जरिवाना गरिएको हो।
255
Shares
प्रतिक्रिया