ad ad

कारोबार


पेट्रोल, डिजेलको मूल्य बढ्यो

पेट्रोल, डिजेलको मूल्य बढ्यो

नेपालखबर
असार ३१, २०८१ सोमबार २१:५, काठमाडौँ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रो, डिजेल र मट्टितेलको मूल्य बढाएको हो।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढेको छ।

बढेको मूल्य सोमबार राति १२ बजेदेखि कार्यान्वयन हुनेछ।

मूल्यवृद्धिपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७१ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६० पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .