मर्मतका लागि पोखरा उड्ने क्रममा त्रिभुवन विमानस्थलमै दुर्घटनाग्रस्त जहाजमा कम्पनीकै कर्मचारीहरु रहेको पाइएको छ।
सौर्य एयरलाइन्सका अनुसार विमानमा चालकदलसहित १९ जना कर्मचारी सवार थिए। तिनमा पाइलट मनिषरत्न शाक्य र कोपाइलट सुशान्त कटुवाल थिए। शाक्यको उपचार भइरहेको छ।
चालकदलबाहेक १७ जना व्यवस्थापनका कर्मचारी थिए। दुर्घटनामा परेकामध्ये अरेफ रेडा नामका एक कर्मचारी भने विदेशी छन्।
कम्पनीका अनुसार दुर्घटनाग्रस्त विमानमा चालकदलबाहेक अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मञ्जुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा कर्मचारी रहेका थिए।
को को थिए?
21.2k
Shares
प्रतिक्रिया