बुधबार दुर्घटना भएको सौर्य एयरलाइन्सको बम्बार्डियर सीआरजे २०० जहाज पोखरा लगेर पूर्ण परीक्षणको तयारी गरिएको खुलेको छ।
यसकै लागि विदेशबाट २ जना प्राविधिकहरु १-२ दिनमै नेपाल आउने तय भएको थियो।
तर टोली नआइपुग्दै जहाज त्रिभुवन विमानस्थलमै दुर्घटनामा परेको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमान उत्पादक कम्पनी बम्बार्डियरका विज्ञ नेपाल आउने बेलामै दुर्घटना भएको हो।
सौर्य एयरलाइन्सले जहाज पूर्ण परीक्षणका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ह्यांगर समेत लिइसकेको थियो। सोही ह्यांगरमा विदेशी विज्ञसहितका सबै प्राविधिकबाट पूर्ण परीक्षणको तयारी गरिएको थियो।
प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डेले सौर्य एयरलाइन्सका प्राविधिक नै पोखरा जहाजको पूर्ण परीक्षण गर्न जान लागेको बताए।
‘कम्पनीका आफ्ना प्राविधिकसहित उत्पादक कम्पनीकै २ जना विज्ञ समेत पोखरा जाँदै थिए’, पाण्डेले नेपालखबरसँग भने, ‘उत्पादक कम्पनीबाट पर्सिसम्म विज्ञ आइपुग्ने तालिका रहेछ। तर दुर्भाग्यवश जहाज दुर्घटना भयो।’
बुधबारको दुर्घटनामा सौर्य एयरलाइन्सले आफ्ना ४ व्यवस्थापकलाई नै गुमाएको छ। पाइलट मनिषरत्न शाक्य बाँच्न सफल भए पनि १८ जनाको मृत्यु भएको छ। तीमध्ये अधिकांश कम्पनीकै कर्मचारी छन्।
यो पनि-
-
नेपालमा पहिलोपटक ठूलो दुर्घटनामा पर्यो ‘बम्बार्डियर सीआरजे २००’
-
सौर्य एयरलाइन्सका ५ जना व्यवस्थापक नै दुर्घटनामा परे
-
सौर्यको जहाजमा थिए सबै कम्पनीकै कर्मचारी (विवरणसहित)
-
मर्मतका लागि पोखरा जाँदै थियो दुर्घटनामा परेको सौर्यको जहाज
-
कन्टेनरमा अड्किएको ककपिटबाट रगताम्य पाइलटले भने– अरु दुई जना पनि छन्
-
दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको विमानमा थिए १९ यात्रु
-
सौर्यको जहाज दुर्घटनाबारे के-के थाहा छ? (भिडिओ)
Shares
प्रतिक्रिया