सेयर बजारमा दोस्रो पटकको सर्किट लागेको छ।
नेप्से सूचक १२५ अंकले बढेर दोस्रो पटक सकारात्मक सर्किट लागेको हो।
पहिलोपटक सर्किट लाग्दा २० मिनेट बन्द भएको बजार दोस्रो पटकको सर्किट पछि ४० मिनेटका लागि बन्द भएको छ।
पहिलो सर्किट ४ प्रतिशतको बृद्धि पछि ११ बजेर १ मिनेटमा लागेको थियो। पहिलो पटक सर्किट ब्रेक हुँदा २० मिनेटको लागी नेप्सेले बजार बन्द गरेको मा दोस्रो पटकको सर्किट पछि ४० मिनेटका लागि बन्द गरेको हो।
२२ मिनेटको समयमा सेयरकारोबार भने दुई मिनेट मात्रै भयो जसमा लगानीकर्ताले ५२ करोडको सेयर कारोबार गरेका छन् । समग्रमा बजार खुलेको २२ मिनेटमै सूचक २७ सय को अंकमा पुगेको हो।
अब तेस्रो पटक पनि ६ प्रशितको बृद्धि सहित सर्किट लागेमा बजार आजका लागि बन्द हुनेछ।
351
Shares
प्रतिक्रिया