नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यमा स्थिर रहँदा धेरैजसो विदेशी मुद्राको मूल्य घटबढ् भएको छ।
हिजो जस्तै अमेरिकी डलर आज पनि अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यमा स्थिर छ।
राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रुपैयाँ २७ पैसा निर्धारण भएको छ। अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो। हिजो र अस्ती पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।
त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ ११पैसा र बिक्रीदर १४५ रुपैयाँ ८० पैसा निर्धारण भएको छ। हिजो युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ ११ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा थियो।
त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७५ पैसा थियो।
आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९३ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०५ पैसा थियो।
त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ४४ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ९१ पैसा थियो।
त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ५६ र बिक्रीदर ३५६ रुपैयाँ १५ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ५७ र बिक्रीदर ३५६ रुपैयाँ १६ पैसा थियो।
हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची
Shares
प्रतिक्रिया