ad ad

कारोबार


बैंक तथा वित्तीय संस्थाबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक

फाइल तस्बिर


नेपालखबर
साउन १६, २०८१ बुधबार ११:३१, काठमाडौँ

नेपाल राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको छ।

बैंक तथा वित्तीय संस्थामा तरलता (लगानीयोग्य पैसा) पैसा धेरै भएपछि राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ खिच्ने भएको हो।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई साउन १६ गते अनलाइनमार्फत बोलकबोलमा सहभागी हुन भनेको छ।

साउन १६ गतेदेखि भदौ ५ गतेसम्मका लागि राष्ट्र बैंकले निक्षेप संकलन गर्न लागेको हो।

निक्षेप राख्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने रकमसहित बोलकबोलमा सहभागी हुनुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .