ad ad

कारोबार


पेट्रोल, डिजेलको मूल्य घट्यो

पेट्रोल, डिजेलको मूल्य घट्यो

नेपालखबर
साउन १६, २०८१ बुधबार २२:१, काठमाडौँ

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ।

इन्डियन आयल कर्पोरेसनबाट बुधबार मूल्य घटेर आएपछि नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो।

निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्य घटेको छ।

मूल्य समायोजनपछि काठमाडौंमा पेट्रोलको भाउ प्रतिलिटर १७० रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको प्रतिलिटर १५८ रुपैयाँ भएको छ। हवाई इन्धन र एलपी ग्यासको मूल्य बढेर आए पनि हाललाई यथावत् राखिएको निगमले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .