लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले आफ्नो चार वर्षको कार्यकाल पूरा भएको छ।
भट्ट २०७७ साउन १९ गते बोर्ड सीईओ नियुक्त भएका थिए।
भट्टको कार्यकालमा बोर्डको नेतृत्वमा तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सम्पन्न भएको थियो।
भट्टले बोर्ड सीईओबाट विदा हुँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली र सरकारप्रति कृतज्ञता व्यक्त गरेका छन्।
‘मैले लगानी बोर्डको सीईओको रुपमा चार वर्षको कार्यकाल सफलतापूर्वक पूरा गरेको छु’, उनले ट्विटरमा भनेका छन्, ‘म यस महत्त्वपूर्ण जिम्मेवारीका लागि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल सरकारप्रति कृतज्ञ छु।’
उनले प्रधानमन्त्रीहरु, अर्थमन्त्रीहरु, मन्त्रीहरु र अन्य बोर्ड सदस्यका लागि आवश्यक निर्देशन तथा सहकार्यका लागि पनि आभार व्यक्त गरेका छन्।
165
Shares
प्रतिक्रिया