ad ad

राजनीति


कांग्रेस पदाधिकारी बैठक : २३ गतेबाट बस्ने केन्द्रीय कार्यसमितिका एजेन्डामाथि छलफल

कांग्रेस पदाधिकारी बैठक : २३ गतेबाट बस्ने केन्द्रीय कार्यसमितिका एजेन्डामाथि छलफल

फाइल तस्बिर


नेपालखबर
साउन २१, २०८१ सोमबार १७:१८, काठमाडौँ

नेपाली कांग्रेसको पदाधिकारी बैठकमा आगामी केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाहरुको सम्बन्धमा छलफल भएको छ।

सोमबार पार्टी सभापति निवास बूढानीलकण्ठ बसेको नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले आगामी साउन २३ गतेबाट हुने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको एजेन्डाहरूको सम्बन्धमा छलफल भएको हो।

पदाधिकारी बैठकमा अगामी केन्द्रीय कार्यसमितिको बैठकमा महासमिति बैठकमा उपसभापति र महामन्त्रीद्वयले प्रस्ताव गरेको राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव र समसामयिक प्रस्तावलाई संशोधनसहित पारित गर्ने सन्दर्भमा छलफल भएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए।

‘साउन २३ गतेबाट कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आह्वान गरिएको छ। सो बैठकलाई केन्द्रबिन्दु राखेर आज छलफल भयो। आजको बैठकबाट आएको कुरा अनुसार महासमिति बैठकमा नेपाली कांग्रेसका उपसभापतिज्युले राजनीतिक प्रस्ताव पेस गर्नुभएको छ। महामन्त्री गगन थापाले सांगठनिक प्रश्ताव पेस गर्नुभएको छ। र अर्का महामन्त्री विश्वप्रकाश शर्माबाट समसामयिक राजनीतिक प्रतिवेदनको विषयमा गरेर ३ वटा प्रस्ताव पेस भएका थिए। प्रस्तावहरूमा महासमितिमा व्यापक छलफल भयो। बैठकले आएका सुझावहरू सहित, संशोधनसहित केन्द्रीय कार्यसमितिबाट पारित हुनेगरी जुन निर्णय भएको थियो। सोही विषयमा अब बस्ने केन्द्रीय कार्यसमिति बैठकले उक्त महासमितिबाट प्रस्तुत भएको जुन प्रस्तावहरू हो।’

त्यसैगरी पार्टी संगठन सुदृढीकरण र सरकार सञ्चालनको सम्बन्धमा पनि केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुने तय भएको उनले बताए।

‘पार्टी संगठन सुदृढीकरण र सरकार सञ्चालनको बारेमा पनि छलफल हुन्छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .