हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट बैंक लिमिटेड (एचआईडीसीएल)ले ठूलो संख्यामा संस्थापक सेयर लिलामीमा राखेको छ।
कम्पनीले संस्थापक लगानीकर्ताको स्वामित्वमा रहेको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो।
न्यूनतम मूल्यमै सेयर बिक्री गरेर बाहिरिन लागेको लगानीकर्ताको नाम भने कम्पनीले खुलाएको छैन। कुन लगानीकर्ताको स्वामित्वमा रहेको सेयर हो भन्ने नखुलाए पनि कम्पनीका ठूला लगानीकर्ताले नै सेयर बिक्री गरेर बाहिरिन खोजेका हुन्।
कम्पनीले अवितरित हकप्रद सेयरमध्ये लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री नभएको सेयर बिक्री गर्न लागेको जनाएको छ। सो सेयर खरिदका लागि जो कोही व्यक्ति, संस्था वा कम्पनीले बोलपत्र पेस गर्न सक्नेछन्।
सेयर खरिद गर्न चाहने लगानीकर्ताले साउन २९ गतेदेखि भदौ ६ गतेसम्म बोलपत्र पेस गर्नुपर्नेछ।
लगानीकर्ताले आवेदन माग गर्दा न्यूनतम १०० कित्ता वा सोभन्दा बढीको लागि सेयरका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको सेयर बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आईएमई बैंकका शाखा कार्यालयहरुबाट आवेदन पेस गर्न सक्नेछन्।
Shares
प्रतिक्रिया