ad ad

कारोबार


‘आर्किटेक्चर एन्ड इन्टेरियर डिजाइन कलाइडोस्कोप’ प्रतियोगितामा आयुषाले जितिन् ७० हजार

‘आर्किटेक्चर एन्ड इन्टेरियर डिजाइन कलाइडोस्कोप’ प्रतियोगितामा आयुषाले जितिन् ७० हजार

नेपालखबर
भदौ ३, २०८१ सोमबार १५:२३, काठमाडौँ

एसियन पेन्ट्स नेपालले आयोजना गरेको प्रतियोगितामा इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत पुल्चोक क्याम्पसकी छात्रा आयुषा कोइराला प्रथम भएकी छन्।

कार्यक्रमको यो संस्करणमा ११ वटा आर्किटेक्चरल कलेजका ३९ जना विद्यार्थीले सहभागिता जनाएका थिए। उनीहरूले एकसाथ नेपाल साहित्य तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रस्तावित भवनको डिजाइन गरेका थिए।

प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी आयुषाले ७० हजार रुपैयाँ नगद पुरस्कार हात पार्न सफल भइन्।

यस्तै, एक्मे इन्जिनियरिङ कलेजका सुशन श्रेष्ठ र हिमालयन कलेज अफ इन्जिनियरिङका आशिष ओली क्रमशः द्वितीय र तेस्रो स्थानमा रहन सफल हुँदै क्रमशः ४० हजार र ३० हजार नगद पुरस्कार पाउन सफल भए।

यसैगरी सान्त्वना पुरस्कार प्राप्त गर्ने काठमाडौं इन्जिनियरिङ कलेजका विपिन महर्जन र हिमालयन कलेज अफ इन्जिनियरिङका केवल लामाले नगद पुरस्कार १०/१० हजार रुपैयाँ प्राप्त गरेका छन्।

विजेताहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी अध्यक्ष निशा शर्माले एक समारोहबीच पुरस्कार प्रदान गरेका थिए। 

एसियन पेन्ट्स नेपालले नेपाली प्रतिभाशाली आर्किटेक्टहरूको प्रतिभा प्रदर्शनी र उनीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रुपमा कलाइडोस्कोप कार्यक्रमको आयोजना गर्दै आएको जनाएको छ।

कार्यक्रमले कलेजहरू, प्रोफेसनल आर्किटेक्ट र उपभोक्तालाई एकसाथ भेला गर्दछ, जसले प्रत्यक्ष परियोजना र मूल्यांकनका विभिन्न चरणमार्फत अनुभवी निर्णायकहरूको स्वतन्त्र निकायले विजेताको चयन गर्दछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .