सुपरमाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ।
कम्पनीको सोमबार बसेको बैठकले आव २०८०/८१ को खुद मुनाफाबाट लाभांश वितरण प्रस्ताव गर्ने निर्णय गरेको हो।
यसअनुसार चुक्ता पुँजी ५० करोडको ७ प्रतिशत अर्थात् ३ करोड ५० लाख रुपैयाँबराबरको बोनस सेयर तथा त्यसको कर प्रयोजनसहित ५.६३ प्रतिशत अर्थात् २ करोड ८१ लाख ५० हजार रुपैयाँ नगद लाभांश बाँड्ने प्रस्ताव गरिएको छ।
उक्त लाभांश विद्युत् नियमन आयोगको स्वीकृति र कम्पनीको १०औँ वार्षिक साधारणसभाले अनुमोदन भएपछि बाँडिने कम्पनीले जनाएको छ।
30
Shares
प्रतिक्रिया