ad ad

कारोबार


साल्ट ट्रेडिङले भन्योः १० महिनाभन्दा बढिलाई पुग्ने नून उपलब्ध छ

साल्ट ट्रेडिङले भन्योः १० महिनाभन्दा बढिलाई पुग्ने नून उपलब्ध छ

नेपालखबर
फागुन २४, २०७६ शनिबार १५:५६,

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बजारमा नून र चिनीको अभाव हुन लागेको हल्ला आधारहिन भएको बताएको छ।

कर्पोरेसनले देशभरका उपभोक्तालाई आवश्यक पर्ने १० महिनासम्मको लागि नून व्यवस्था गर्न सक्ने बताएको छ भने चिनीको आपूर्तिमा पनि कुनै अभाव नहुने उसले जनाएको छ।

उसले शनिबार एक सुचना जारी गर्दै ‘साल्ट ट्रेडिङसँग १० महिनाभन्दा बढि आपूर्ति व्यवस्था मिलाउने गरी नूनको बफर स्टक मौज्दात’ रहेको जनाएको हो।

‘विगतमा नेपालमा भएको अघोषित नाकाबन्दी, विनाशकारी भूकम्प लगायतका समयहरुमा नेपालमा सहज, सरल र सुपथ मूल्यमा कहिँ कतै कुनै अभाव नहुने गरी आयोडिनयुक्त नूनको आपुर्ति व्यवस्था मिलाउँदै आएको व्यहोरा सर्वविदितै छ,’ कर्पोरेसनले भनेको छ।

कर्पोरेसनका अनुसार नेपालभरका जनतालाई नूनको आपूर्ति व्यवस्था मिलाउन कर्पोरेसन अन्तर्गतका विभिन्न कार्यालय समेतमा करिब १ लाख ३६ हजार मेट्रिक टन गोदाममा र २२ हजार ५०० मेट्रिक टन मार्गस्थल गरी करिब १ लाख ५८ हजार ५०० मेट्रिक टन आयोडिनयुक्त नून बफर स्टक मौज्दात रहेको छ।

सो परिमाणको आयोडिनयुक्त नूनले देशभरका जनतालाई करिब १० महिनाभन्दा बढि समयसम्म आपूर्ति व्यवस्था मिलाउन सकिने उसले बताएको छ।

‘चिनीको आपूर्तिमा समेत कुनै अभाव नरहेको हुँदा सर्वसाधारण जनतालाई सोहीअनुसार जानकारी गराउँदछौं,’ सूचनामा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .