ad ad

राजनीति


दुई राप्रपाबीच पार्टी एकीकरण गर्ने सहमति, ३ अध्यक्ष रहने

दुई राप्रपाबीच पार्टी एकीकरण गर्ने सहमति, ३ अध्यक्ष रहने

नेपालखबर
फागुन २४, २०७६ शनिबार १६:४७,

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र पशुपति शमसेर राणा र डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा रहेको राप्रपा संयुक्तबीच शनिबार बेलुका पार्टी एकीकरण गर्ने सहमति भएको छ।

थापा, राणा र लोहनीद्वारा हस्ताक्षरित एकीकरणसम्बन्धी आधारपत्रमा तीनै जना अध्यक्ष रहने गरी पार्टी एकीकरण गरिएको छ भने सो पार्टीको चुनाव चिन्ह ६ महिनाभित्र टुंगो लगाउने सहमति भएको छ।

शनिबार गरिएको १० बुँदे सहमतिका आधारमा पार्टी एकताको औपचारिक घोषणा फागुन २८ गते गर्ने बताइएको छ।

‘सबै धर्मका बीच समानता र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्मसापेक्ष हिन्दुराष्ट्र हुने र सबै पक्षहरुलाई चित्त बुझ्ने सहमति र साझा संस्थाको रुपमा राजसंस्था सहितको प्रजातन्त्र’ एकीकरणपछि राप्रपाको मुख्य नीति र सिद्धान्त हुने सहमतिमा बताइएको छ।

डेढ वर्षभित्र एकिकृत पार्टीको महाधिवेशन गर्ने र त्यतिबेलासम्म थापा, राणा र लोहनी तीन जना एकीकृत पार्टीको अध्यक्ष हुने सहमति गरिएको छ।

महाधिवेशनसम्म पार्टीको दैनिक कार्यसंचालनको लागि तीन अध्यक्ष समेत सदस्य रहने गरी निर्देशन समिति रहने सहमति भएको छ।

तीनैजना अध्यक्षको हैसियत र मर्यादाक्रम समान हुने र निर्देशन समिति, केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय कार्यसमितिको बैठकको अध्यक्षता आलोपालो गर्ने सहमति गरिएको छ।

‘सम्पूर्ण राष्ट्रवादीहरुलाई खुसीको खबर। देशमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने उद्देश्यका साथ तथा, सदैव एकताबद्ध रहने प्रणसहित राप्रपा र राप्रपा (संयुक्त) बीच एकीकरण गर्ने निर्णय गरेका छौं। एकीकरणको औपचारिक घोषणा सभा फागुन २८ गते हुनेछ,’ सहमति भएको केहि मिनेटमैं राप्रपा अध्यक्ष थापाले ट्विटरमा लेखेका छन्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .