ad ad

कारोबार


माछापुच्छ्रे बैंकमा शर्मा ‘आउट’, कोइरालालाई कामु सीईओको जिम्मेवारी

माछापुच्छ्रे बैंकमा शर्मा ‘आउट’, कोइरालालाई कामु सीईओको जिम्मेवारी

नेपालखबर
फागुन २८, २०७६ बुधबार ८:२२,

माछापुच्छ्रे बैंकले प्रमुख कार्यकारी अधिकृत सुमन शर्मालाई चैत १ देखि विदा दिने निर्णय गरेको छ। बैंकको फागुन १९ गते बसेको सञ्चालक समिति बैठकले गरेकाे निर्णयबारे शर्मालाई आज पत्रमार्फत जानकारी दिइएको हाे।

शर्माको विदाइसँगै हाल नायब प्रमुख कार्यकारी अधिकृत रहेका सन्तोष कोइरालाले बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको बैंकका नायब महाप्रबन्धक सर्जु कुमार थापाले जानकारी दिए। बैंकले यससम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्जलाई पनि पत्राचार गरी दिएको छ।

शर्मा सन् २०१४ नोभेम्बरदेखि बैंकमा डेपुटी सीईओका रुपमा प्रवेश गरेका थिए। त्यस्तै डीसीईओको जिम्मेवारी पाएका कोइरालासँग १७ वर्ष लामो अनुभव छ। उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .