ad ad

कारोबार


ठूला उद्योग नै सेनिटाइजर उत्पादनमा : हिमगिरीले थाल्यो, याछको तयारी सुरु

ठूला उद्योग नै सेनिटाइजर उत्पादनमा : हिमगिरीले थाल्यो, याछको तयारी सुरु

नेपालखबर
चैत ९, २०७६ आइतबार १२:६,

दुई ठूला उद्योग सेनिटाइजर उत्पादनमा लागेका छन्। नेपालमा सेनिटाइजर उद्योग साना तथा घरेलु हुने भए पनि दुई ठूला उद्योगहरु हिमगिरी हाइजिनिक प्रालि र याछ नेपाल प्रालि पनि सेनिटाइजर उत्पादनमा लागेका हुन्।

विराटनगरको हिमगिरी हाइजिनिक प्रालिले उत्पादन गरेको सेनिटाइजर औरा ब्राण्डमा आजदेखि बजारमा आएको छ। यो उद्योगले वार्षिक १ हजार २ सय ७५ मेट्रिक टन उत्पादन गर्ने जानकारी दिएको छ।

कोरोना संकमण विशभरि फैलिएको र सेनिटाइजरको माग धेरै भएकोले क्षमताभन्दा पनि बढी उत्पादन गर्ने गरी उद्योग लागिपरेको उद्योग सञ्चालक प्रकाश मुन्दडाले नेपालखबरलाई जानकारी दिए।

३ अर्ब लगानीमा सञ्चालनमा आएको उद्योगले आजदेखि सेनिटाइजर बजारमा ल्याइसकेको र अहिलेको बजारको मागअनुसार नै उत्पादनमा लागिपरेको बताए। तर प्याकिङ बोतलको भने अभाव रहेको उनको भनाइ छ।

यदि प्याकिङ बोतल पाइए बजारको मागअनुसार हरेक साइजमा उत्पादन गर्न उद्योग तयार रहेको उनको भनाइ छ। यो उद्योगले साबुन, सर्फ र केमिलक उत्पादन गर्दै आएको छ। अहिले दैनिक ५० हजार बोतल सेनिटाइजर उत्पादन समेत गरिरहेको छ।

सेनिटाइजरमा इथाइल अल्कोहलको मात्रा ५० प्रतिशतभन्दा बढी हुन्छ। त्यसबाहेक ग्लिसिरिनलगायतका तत्व पनि मिसावट हुन्छ। सबै कच्चा वस्ुत उपलब्ध भए पनि प्याकिङ बोतलको मात्रै अभाव रहेको मुन्दडाको भनाइ छ।

त्यस्तै नेपालमा चिनियाँ लगानीमा पनि सेनिटाइजर उत्पादनको तयारीमा रहेको छ। शतप्रतिशत विदेशी लगानीमा सञ्चालन हुनलागेको याछ नेपाल प्रालि नामक यो उद्योगले वार्षिक एक सय किलोलिटर सेनिटाइजर उतपादन गर्न लागेको हो।

भक्तपुर सूर्य विनायक नगरपलिका वडा नं ९ मा सञ्चालनको तयारीमा रहेको यो उद्योग ३ करोड १५ लाख लगानीमा सञ्चालनमा आउन लागेको हो। छ्याङ युङ निङ नामका चिनियाँ नागरिकले उद्योग स्थापनाको तयारी गरिरहेका छन्।

यो उद्योगले पनि सेनिटाइजरको अलवा साबुन, सर्फ, स्याम्फु पनि उत्पादन गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .