ad ad

कारोबार


आज ४ जहाजले अन्तर्राष्ट्रिय उडान गर्दै, अत्यावश्यक सामग्रीका लागि नेपाली जहाज तयार

आज ४ जहाजले अन्तर्राष्ट्रिय उडान गर्दै, अत्यावश्यक सामग्रीका लागि नेपाली जहाज तयार

वसन्त अर्याल
चैत १०, २०७६ सोमबार ७:४२,

आज नेपालबाट ४ वटा जहाजले अन्तर्राष्ट्रिय उडान गर्ने भएका छन्। विशेष अनुमति लिएका ती चार जहाजलाई अनुमति दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको हो।

‘उहाँहरुले पोजिसन फ्लाइटको अनुमति लिनुभएको हो’, प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले नेपालखबरसँग भने, ‘आईकाओको नियमअनुसार अनुमति दिएका हौं।’

उनका अनुसार पोजिसन फ्लाइट भनेको उताबाट यात्रु नल्याउने यताबाट यात्रु बोकेर जान पाउने हो।

नेपालले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाए पनि यताबाट यात्रु बोकेर जान पाउने प्राधिकरणले जनाएको छ।

कतार एयरवेजका २ वटा, कतार र संयुक्त अरब इमिरेट्सको एत्तिहाद एयरवेजका एक÷एक वटा जहाजले अनुमति लिएको प्रवक्ता क्षेत्रीले जानकारी दिए।

सरकारले गए रातिबाट सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिसकेको छ।

नेपाली जहाज तयारी अवस्थामा
यसैबीच, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अत्यावश्यक सामग्री नेपाल ल्याउन जहाज तयारी अवस्थामा रहेको बताएका छन्। कोरोना संक्रमण निणन्त्रणको लागि आवश्यक पर्ने अत्यावश्यक सामग्री लिन कुनै समस्या नपर्ने उनको भनाइ छ।

मन्त्रालयमै पत्रकार सम्मेलन गरी उनले चीन, भारतलगायतका देशबाट सामग्री जहाजमार्फत नपठाए पनि नेपाली जहाज नै लिन जाने स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .