ad ad

ग्लोबल


सरकारलाई एनआरएनएको १ करोड सहयोग

सरकारलाई एनआरएनएको १ करोड सहयोग

नेपालखबर
चैत १०, २०७६ सोमबार ७:२३,

लण्डन–कोरोना महामारीसँग लड्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आर्थिक सहयोगको घोषणा गरेको छ। गैरआवासीय नेपाली संघको आइतवार बसेको ७२ औं बैठकले प्रधानमन्त्री राहत कोष मार्फत १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय भएको संघका महासचिव डा. हेम राज शर्माले जानकारी दिए।

सहयोग प्रधानमन्त्री राहत कोषमार्फत् वा सल्लाहबमोजिम औषधिजन्य सामग्रीका रूपमा उपलब्ध गराइनेछ ।

यसअघि संघले कोरोना भाइरस पीडितको सहयोगार्थ अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरिय समिति गठन गरेको थियो।

बैठकले संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठको संयोजकत्वमा कोरोना पीडित राहत कोष संकलन समिति गठन गरेको छ। उपाध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा भौतिक सामाग्री सहयोग संकलन उपसमिति गठन भएको छ।

संघले विश्वभर छरिएका आफ्ना शाखामार्फत कोरोना पीडित नेपालीको तथ्यांक संकलन गर्ने समेत तयारी गरेको छ।

बैठकले संघको आर्थिक, कर्मचारी, प्रोटकलसम्बन्धी  आधार दर्जनभन्दा बढी  नियमावलीहरु पारित गरेको संघले जनाएको छ।

बैठकले संघको विस्तृत आर्थिक लेखापरिक्षण (डिडिए) को रिपोर्टलाई सार्वजनिक गर्न अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयलाई अख्तियारी दिएको छ। बैठकले राष्ट्रिय समन्वय परिषदले गैरआवासीय नेपाली संघसँग आवद्द हुन मापदण्ड सहितको सम्झौता पत्रमा हस्ताक्षर गर्नु पर्ने निर्णय समेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .