कोरोना भाइरस ‘कोभिड–१९’ का कारण बिरामी पर्नेको संख्या ३ लाख ४० हजार पुगेको छ।
कोरोनाको प्रभाव विश्वभर बढ्दै जाँदा सोमबारसम्म ३ लाख ४० हजार ६६ संक्रमित भएका छन्।
यस भाइरसका कारण मृतकको संख्या १४ हजार ७०४ पुगेको छ। विश्व स्वास्थ्य संगठन डब्लूएचओले महामारी घोषणा गरेको कोरोना भाइरस विश्वका १ सय ८० भन्दा बढी मुलुकमा फैलिसकेको छ।
हाल अमेरिका, चीन लगायतका देशमा कोरोनाको खोप परीक्षणकालमा छन्। डब्लूएचओले औषधि निर्माण नभएको अवस्थामा कोरोनाबाट बच्न हात धुन, स्यानिटाइजर र मास्कको प्रयोग गर्न सुझाव दिएका छन्।
यो पनिः
कोरोना भाइरसको संकेत देखिए के गर्ने? यस्ता छन् बच्ने उपायहरु
कोरोनाविरुद्धको चिनियाँ कदमबाट अरु देशले के सिक्ने?
विश्व स्वास्थ्य संगठनले कोरोनाबारे भ्रम हटाउन सार्वजनिक गर्यो यी १५ सुझाव
प्रतिक्रिया