ad ad

कारोबार


सेलपे सेवामा रकम स्थानान्तरण नि:शूल्क

सेलपे सेवामा रकम स्थानान्तरण नि:शूल्क

नेपालखबर
चैत १०, २०७६ सोमबार १२:२३,

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले हालको स्थितिलाई ध्यानमा राखी भिडभाड र हुलमुल कम गर्नको लागि आगामी वैशाख १८ सम्मको लागि रकम स्थानान्तरण सेवा नि:शूल्क उपलब्ध गराउने भएको छ।

हाल विश्व भरी फैलिँदै गरेको कोरोना भाइरस (कोविड १९) को संक्रमणबाट बच्नको लागि सरकारबाट कुनै पनि प्रकारको भिडभाड र हुलमुल नगर्न सुझाव आएको हुँदा, सेलपेका ग्राहकहरुले सेलपे एपबाट आफ्नो घरमै बसी सरल र सहज माध्यमबाट वास्तविक समयमा कुनै पनि सेलपेमा आबद्ध भएका बैंकहरुका ग्राहकलाई रकम स्थानान्तरण गर्दा कुनै पनि सेवा शूल्क नलाग्ने ब्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो।

सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टीभी, इन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेन्मा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पी२पी, पी२बी, बी२पी, बी२बी आदि वास्तविक समयमा गर्न सकिन्छ।

यस सेवा मार्फत हुने सम्पूर्ण कारोबार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासँग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन्। सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .