ad ad

कारोबार


नेपालमा फसेका पर्यटकलाई निःशुल्क आवासको व्यवस्था गर्दै ओयो

नेपालमा फसेका पर्यटकलाई निःशुल्क आवासको व्यवस्था गर्दै ओयो

नेपालखबर
चैत १९, २०७६ बुधबार १४:४,

ओयो होटेल एण्ड होम्सले नेपालको लकडाउनमा फसेर आफ्ना घर फर्किन नपाएका पर्यटक तथा नेपालीलाई निःशुल्क आवासको व्यवस्था गर्ने घोषणा गरेको छ।

सरकारले नोबल कोरोना भाइसको महामारी फैलावट कम गर्नका लागि गरेको लकडाउनका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान रोकिएर प्रभावित परेकाहरुलाई आवास प्रदान गर्ने ओयोले जनाएको छ।

ओयो होटेलले देशभर लकडाउनमा फसेका पर्यटक र नेपालीहरुलाई निःशुल्कआवासको सुविधा प्रदान गर्नेछ। लकडाउनमा सरकारलाई सहयोग पु-याउने उद्देश्यका साथ ओयोले यो पहल विशेष रुपमा र केवल नेपालका लागि मात्र शुरु गरेको छ।

होटेल मालिक र कर्मचारीहरुका लागि पूर्ण सुरक्षा सुनिश्चिता गर्न, पर्यटकहरुलाई चेक इन गर्नु अगावै कोरोना भाइरसका लक्षणहरु जाँचेर कोरोना नलागेको पुष्टि गरिनेछ। सम्पूर्ण ओयो होटेल मालिकहरुलाई यो भाइसर फैलिनबाट रोकथाम गर्नका लागि स्वास्थ्य र सुरक्षित उपायहरु अनुसरण गर्न आदेश दिइएको छ।

ओयो होटेल मालिकहरु, कर्मचारी र अतिथिहरुको स्वास्थ्य र सुरक्षा प्रमुख प्राथमिकतामा रहने भएकाले ओयोले निरन्तर स्थीति अनुगमन गरिरहेको जनाएको छ।

ओयो होटेल नेपालका लागि कन्ट्री हेड विक्की योल्मोले भने, ‘कोभिड १९ महामारीले विश्वभर नै प्रतिकूल प्रभाव पार्यो र यो चुनौतिपूर्ण समयमा पनि हामी सञ्चालनमा रहेका छौं। एक जिम्मेवार कर्पोरेटको रुपमा हामी वास्तवमा जरुरतको घडिमा एकसाथ उभिनुको महत्व बुझ्छौं। हामी नेपालमा लकडाउनमा फसेकाहरुका लागि हाम्रो होटेलका ढोका खोल्ने कोशिस गर्दछौं। यस कठिन समयमा नेपालमा रहेका पर्यटकहरु, सरकार र हाम्रा सरोकारवालाहरुलाई हामीले हाम्रो हदसम्म सके जति सबै गर्नेछौं।’

ओयोले आवासको आवश्यकतामा रहेका सम्पूर्णहरुलाई थप जानकारीका लागि ग्राहक सेवा ०१४२१७४७मा सम्पर्क गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .