अमेरिकामा कोरोना भाइरसबाट १ लाखदेखि २ लाख ४० हजार जनासम्मको मृत्यु हुनसक्ने चेतावनी अधिकारीहरुले दिएका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा गठित उच्चस्तरीय कार्यदलका अधिकारीहरुले यस्तो भविष्यवाणी गरेका हुन्।
‘सरकारी निर्देशन पालना गरेपनि १ लाखदेखि २ लाख ४० हजारसम्मको मृत्यु हुनसक्छ,’ कार्यदलकी सदस्य डा. डेबोरा बर्क्सले मंगलबार भनिन्।
अधिकारीहरुले मृतक संख्य कम गर्न कुनै कसर नछाडिने बताएका छन्।
राष्ट्रपति ट्रम्पले पनि आगामी दुई साता अमेरिकाका लागि निकै पीडादायी हुने बताएका छन्।
अमेरिकाले सुरुमै महामारीलाई रोक्न पर्याप्त उपाय र तयारी गर्न नसकेको आरोप लागिरहेका बेला ट्रम्पले भने त्यसको खण्डन गरेका छन्।
हाल अमेरिकामा कम्तीमा ३ हजार ८ सय ४८ जनाको मृत्यु भइसकेको छ। संक्रमितको संख्या पनि २ लाख नजिक पुगेको छ। एजेन्सी
प्रतिक्रिया