ad ad

कारोबार


नेपाल एसबीआई बैंकद्वारा १ करोड सहयोग घोषणा

नेपाल एसबीआई बैंकद्वारा १ करोड सहयोग घोषणा

नेपालखबर
चैत २०, २०७६ बिहिबार १६:७,

नेपाल एसबीआई बैंक लिमिटेडले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष र कोरोनाबाट प्रभावितको सहयोगको लागि १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। 

उक्त रकम मध्ये रु ५० लाख केन्द्रीय सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा र प्रत्येक प्रदेश सरकारको कोषमा रु ५ लाख सहयोग गर्नेछ ।

यसका साथै बाँकी रु १५लाख बैंकले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा खर्च गरिने जनाएको छ।

बैैंकले स्थापनाकालदेखि नै आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल सरकार तथा विभिन्न संस्था, वर्ग र व्यक्तिलाई प्राथमिकतामा राखेर विभिन्न कार्यमा सहयोग गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .