ad ad

कारोबार


विपन्नलाई सीएनआईको खाद्यान्न प्याकेट, अध्यक्ष मोर भन्छन् : यो मानवता देखाउने बेला हो

विपन्नलाई सीएनआईको खाद्यान्न प्याकेट, अध्यक्ष मोर भन्छन् : यो मानवता देखाउने बेला हो

सन्तोष न्यौपाने
चैत २३, २०७६ आइतबार ८:१२,

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण नेपालमा समेत देखिसकेको छ। सानो आकारमै भए पनि संक्रमित नेपालीहरु भेटिनथालेका छन्। यस अर्थमा भाइरसको प्रभाव अन्य देशभन्दा नेपालमा कम छ। यसकै रोकथामका लागि सरकारले देशै लकडाउन गरेको छ। यसले आम मानिसको दैनिकीदेखि उद्योगधन्दा बन्द हुँदा मानवीय संकट गहिरिँदै गएको छ।

यो बेला निजी क्षेत्र, कर्पोरेट कम्पनी र व्यक्तिगत रुपमा मानवीय सहायताका हातहरु अघि बढिरहेका छन्। यही मानवीय सहायताको अभियानमा हातमा हात मिलाउँदै छ, नेपाल उद्योग परिसंघले पनि । परिसंघले यस संकटमा समस्या भोगिरहेका मुलुकभरका मजदुर, किसान तथा आर्थिक अवस्था कमजोर भएका जनतालाई भनेर विभिन्न सहयोग गरिरहेको छ।

यसै सन्दर्भमा नेपाल उद्योग परिसंघका अध्यक्ष तथा मुलुकको परिचित व्यवसायी संस्था लक्की ग्रुपका अध्यक्ष सतिश कुमार मोरसँग नेपालखबरले गरेको छोटो कुराकानी :

satish mor intvw 6jpg

नेपाल उद्योग परिसंघको अध्यक्षमा नियुक्त हुनुभएको एक वर्ष भयो। झण्डै एक वर्ष परिसंघको अध्यक्षमा रहँदाको अनुभव कस्तो रह्यो ?
म उद्योग परिसंघमा आबद्ध भएको १४ वर्ष भयो। विभिन्न पदमा रहेर वरिष्ठ उपाध्यक्ष हुँदै म अध्यक्ष भएको हुँ।  हामीले मुलुकको आर्थिक समृद्धिमा सहयोग हुने गरी विभिन्न काम गरिरहेका छौं। हामीले गर्नुपर्ने काम गरिरहेका छौँ। सरकारले लिने नीति र आवश्यक पर्दा सहयोग गरिरहेका छौं।

नेपालमा हरेक काम गर्न चुनौती नै छ। एक संस्था वा व्यक्तिले मात्र गरेर हुने होइन। यसको लागि राज्य, निजी क्षेत्र, आम जनताको सहभागिता चाहिन्छ। स्थायी सरकार आएपछि मुलुकमा आर्थिक फट्को मार्नुपर्छ भन्ने ठूलो अपेक्षा सबैमा छ। पहिले हरेक ९ महिनामा सरकार परिवर्तनले राजनीतिक अस्थिरता थियो। अहिले कम्तीमा त्यो अहिले छैन।

satish mor intvw 2

सरकार गठन भएको २ वर्ष भइसक्यो। संविधान निर्माण, यसको कार्यान्वयन, स्थानीय तहका निर्वाचन, प्रतिनिधि सभाको निर्वाचन सकेर स्थानीय सरकार बनेपछिको एक मात्र एजेन्डा भनेको आर्थिक समृद्धि हो। आर्थिक समृद्धिमा सरकारदेखि निजी क्षेत्र पनि प्रयास गरिरहेको छन् तर अहिलेसम्म सन्तुष्ट हुने वातावण बनिसकेको छैन। स्थानीय सरकार र केन्द्रीय सरकारको स्थायित्वपछि जसरी आर्थिक क्रान्तिका काम हुनुपर्ने हो। त्यो अहिलेसम्म हुन सकेको छैन।

मुलुकले विभिन्न किसिमका प्राकृतिक विपत्ति पनि भोग्नुपर्यो। भूकम्पले धेरै पिरल्यो। त्यसपछि नाकाबन्दी पनि भोग्नुपर्यो। अहिले संसारभर डरलाग्दो रुपमा कोरोना भाइरस आएको छ। अहिले हामी यससँग लड्नु परिरहेको छ। भाग्य भनौं, आजसम्मको रिपोर्टमा नेपालमा यसको प्रभाव धेरै नै कम छ। समय लकडाउन भएकाले यो नियन्त्रणमै छ। समग्रमा हेर्दा मुलुकले जसरी आर्थिक क्रान्ति ल्याउने गरी काम गर्नुपर्ने हो। त्यो हुन सकेको छैन।

satish mor intvw 3

मुलुकमा अहिलेसम्म कोरोना भाइरस संक्रमण धेरै भइसकेको छैन। यसको नियन्त्रण र रोकथामको लागि सरकारले लकडाउन गरेको छ। विश्व नै यसबाट प्रभाव परिरहेको अवस्थामा यसले मुलुकको आर्थिक अवस्थालाई कस्तो असर गर्ला?
यो संकटले विश्वमै यसले ठूलो ‘भूकम्प’ ल्याइदिएको छ। यसले समग्रमा विश्वमै आर्थिक मन्दी होला कि भन्ने चिन्ता बढेको छ। विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक, विश्व स्वास्थ्य संगठन डब्लुएचओ जस्ता संस्थाहरुले मन्दी आउन सक्ने भनिसकेका छन्।
यसबाट नेपाल अछूतो रहन सक्दैन। विश्वमा पर्ने प्रभाव नेपालमा पनि पर्छ।

साथै, नेपालमा सोझै के असर गर्छ भनेर विज्ञहरुलाई लिएर हामीले कामहरु गरिहेका छौं। यसले नेपाललाई समग्ररुपमा कस्तो हानि नोक्सानी गर्छ त्यसको अध्ययन गरेर लकडाउन खुलेपछि नेपाल सरकारलाई पनि अवगत गराउँछौँ।

satish mor intvw 4

मुलुकले कोरोना संकट परिरहेको बेला यसमा प्रत्यक्ष प्रभावमा परेकालाई व्यक्तिगत र संस्थागत रुपमा सहयोग भइरहेका छन्। यस्तो अवस्थामा नेपाल उद्योग परिसंघले कस्तो काम गरेको छ?
मुलुकमा समस्या आउँदा त्यसमा सहयोग गर्नु नै पर्छ। निजी क्षेत्रबाट सञ्चालिन संस्थाहरुको यो सामाजिक उत्तरदायित्वअन्तर्गतको काम पनि हो। हामीले विभिन्न तरिकाबाट विभन्नि सामग्रीहरु नेपाल सरकार र स्थानीय स्तरका जनतासम्मलाई सहयोग गरिरहेका छौं। जस्तो कि, नेपाल सरकारलाई मास्क, पीपीई जस्ता सामग्री उपलब्ध गराएका छौं। केही दिनअघि मात्र ७५ हजार मास्क र केही पीपीई स्वास्थ्य मन्त्रीलाई उपलब्ध गराइसकेका छौं।

त्यसबाहेक, हामीले तल्लो वर्षका मजदुर, किसान तथा रोजगारीमा समस्या परेका व्यक्तिलाई सहयोग होस् भनेर राहतको प्याकेज ल्याएका छौं। त्यो भनेको सातै प्रदेशमा सहयोग हुने गरी खाद्यान्नको प्याकेट वितरण गरेका छौं। सातै प्रदेशमा एक एक हजार प्याकेट गरी सात हजार र काठमाडौं उपत्यकामा ४ हजार प्याकेट वितरण गरिँदै छ। यो सबै गरेर एक हजार एक सय प्याकेटको व्यवस्था मिलाएका छौं। एक प्याकेटको मूल्य १ हजार १ सय रुपैयाँ पर्छ। यसको मूल्यमा हिसाब गर्ने हो भने एक करोड २० लाखभन्दा धेरै मूल्यको पर्न जान्छ। यसमा यसामा यातायातदेखि अन्य खर्च जोडिएको छैन।

satish mor intvw 5

त्यसमा खाद्यान्नको प्याकेटमा पाँच किलो चामल, ५ केजी तेल, २ केजी चिउरा,१ केजी दाल, १ केजी नुन, १ केजी आलुसहित खुर्सानी, धनियाँलगायतको मसला पनि राखिएको छ। यो प्याकेट सातै प्रदेशमा उपलब्ध गराएका छौं। प्रत्येक प्रदेशका मुख्यमन्त्रीमार्फत एक÷एक हजार प्याकेट जनस्तरमा पु¥याएका छौं। काठमाडौंको लागि भनेर छुट्टै करिब चार हजार प्याकेट तयार गरेका छौं। शुक्रबार ललितपुरका १२ नम्बरका वडा अध्यक्षलाई १ हजार उपलब्ध गराएका थियौं। अब दुई हजार काठमाडौं र एक हजार भक्तपुरका मेयरहरुलाई उपलब्ध गराउँदै छौं।

मुलुकलाई परेको कोरोना संकटमा निजी क्षेत्रबाट भएको सहयोगलाई तपाईंले कसरी हेर्नु भएको छ? सन्तुष्ट हुने ठाउँ छ?
यो कुरा हरेक व्यक्तिअनुसारको आंकलन फरक–फरक हुन्छ। सरकार वा निजी क्षेत्र जसले जति गरे पनि यो महामारीमा कमै हुन्छ।
हामीले जे जति सहयोग गरेका छौं, त्यो सहयोग सही तरिकाबाट आवश्यक परेको जनतामा पुग्नुपर्छ। त्यो भयो भने सानो सहयोग भए पनि सदुपयोग हुन्छ। सानो सहयोग पनि ठूलो मानवताका कुरा हो। त्यो सहयोग सही ठाउँमा पुग्ने ठूलो कुरा हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .