ad ad

कारोबार


कोरोना रोकथामका लागि विश्व बैंकबाट ६ अर्ब सहयोग, सम्झौता मंगलबार

कोरोना रोकथामका लागि विश्व बैंकबाट ६ अर्ब सहयोग, सम्झौता मंगलबार

नेपालखबर
चैत २३, २०७६ आइतबार १६:४,

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि विश्व बैंकले नेपाललाई ६ अर्ब रुपैयाँ सहयोग प्रदान गर्दैछ। विश्व बैंकले प्रदान गर्ने ५० मिलियन डलर अर्थात करिब ६ अर्ब रुपैयाँ सहयोगका लागि सरकार र विश्व बैकबीच मंगलबार सम्झौता हुने भएको छ।

विश्व बैंकले नेपाललाई कोरोना संक्रमण नियन्त्रण तथा स्वास्थ्य सम्बन्धी क्षेत्रमा खर्च गर्नको लागि भन्दै सहुलियतपूर्ण ऋण सहयोग गर्न लागेको हो।

अर्थ मन्त्रालयका अर्थ सचिव शिशिर ढुंगानाका अनुसार विश्व बैंकले प्रदान गर्ने सहयोग कोरोना सर्ने जोखिम निणन्त्रणको लागि खर्च गर्नुपर्ने छ। पछि आउन सक्ने जोखिमबाट साबधानी अपनाउनका लागि समेत यसको खर्च गर्न पाइने उनले जनाकारी दिए।

तर यो रकम सरकारले यही क्षेत्रमा खर्च गर्न नसकेको खण्डमा भने आधा रकम फिर्ता पनि लान सक्ने छ। आधा रकम अनुदानको रुपमा परिणत गर्ने सर्त राखिएको अर्थ मन्त्रालयले जनाएको छ। फिर्ता लैजाने अवधी भने ६ वर्षको रहेको छ।

विश्व अर्थतन्त्र तहतनहस भैरहेको अवस्थामा विश्व बैंकले १२ विलियन अमेरिकी डलर सहयोग (अनुदान र ऋण) गर्ने घोषणा गरेको छ। सोही अनुसार नेपालमा पनि उक्त सहयोग आइपुगेको छ।

नेपाललाई सहयोग गर्ने यो निकाय मात्रै हैन, एसियाली विकास बैंकले पनि नेपाललाई ५० मिलियन अर्थात ६ अर्ब रुपैयाँ नै दिने घोषणा गरेको छ। त्यस्तै अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि १३ अर्ब बराबरको निर्ब्याजी ऋण सहयोग गर्ने घोषणा गरिसकको छ। तर सहयोग सम्झौता भने विश्व बैंकले सबैभन्दा पहिले गर्न लागेको हो।

नेपालको लागि विश्व बैंकका प्रमुख फ्यारिस एच हाजाडले सामाजिक सञ्जाल मार्फत विश्व बैंकको सहयोग स्वीकृति गर्ने निर्णय गत हप्ता गरिसकेको र दुई दिन पछि अर्थात मंगलबार सो सहयोगको सम्झौता गर्न लागिएको बताए।

तर विश्व बैंकले सुरुमा नेपाललाई २९ मिलियन अर्थात साढे तीन अर्ब रुपैयाँ बराबरको अनुदान सहयोगको आफर गरेको थियो। यो रकम लिनु भन्दा सहुलियत ऋणको लागि नेपालले माग गर्यो। त्यसपछि विश्व बैंकले ६ वर्षको लागि ५० मिलियन डलर सहुलियत ब्याजमा दिन तयार भएको अर्थ मन्त्रालयले जनाएको छ।

कोरोना नियन्त्रणका लागि कति आयो विदेशी सहायता? यस्तो छ खर्च तयारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .