ad ad

समाज


कोरोनाले विश्वमा मृत्यु ६७ हजार नाघ्याे, संक्रमण साढे १२ लाखनजिक

कोरोनाले विश्वमा मृत्यु ६७ हजार नाघ्याे, संक्रमण साढे १२ लाखनजिक

नेपालखबर
चैत २३, २०७६ आइतबार १६:६,

विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट अहिलेसम्म ६७ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। यस्तै यो भाइरसले १२ लाखभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन्।

विश्वभरको कोरोना तथ्यांक अध्यावधिक गर्ने वल्डोमिटरका अनुसार आइतबार नेपाली समयअनुसार पौने १० बजेसम्म विश्वमा कोरोनाका कारण ६७ हजार २५८ जनाको मृत्यु भइसकेको छ। यस्तै कोरोना भाइरसबाट अहिलेसम्म १२ लाख ३७ हजार ४६ व्यक्ति संक्रमित भइसकेका छन्।

कोरोनाबाट विश्वमा सबैभन्दा बढी इटालीमा अहिलेसम्म १५ हजार ३६२ जनाको मृत्यु भइसकेको छ भने विश्वमै सबैभन्दा बढी संक्रमित हुनेकाे  संख्या अमेरिकामा ३ लाख २१ ह्जार ६१५ पुगेकाे छ। 

कोरोनाबाट मृत्यु हुनेको संख्या इटालीपछि विश्वमा सबैभन्दा बढी स्पेनमा छ। त्यहाँ अहिलेसम्म १२ हजार ४१८ जनाको मृत्यु भएको छ।

कोरोनाले मृत्यु हुने संख्यामा स्पेनपछि तेस्रोमा अमेरिका छ। त्यहाँ अहिलेसम्म ९ हजार १३२ जनाको मृत्यु भइसकेको छ।

यस्तै कोरोनाबाट स्पेनमा १ लाख ३० हजार ७५९ जना संक्रमित भएका छन् भने इटालीमा अहिलेसम्म १ लाख २४ हजार ६३२ व्यक्ति कोरोनाको संक्रमणमा परेका छन्।

नेपालमा भने अहिलेसम्म ९ जनामा मात्र यसको संक्रमण भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .