ad ad

कारोबार


भारतबाट १७३ मालबाहक गाडी भित्रिए

भारतबाट १७३ मालबाहक गाडी भित्रिए

नेपालखबर
चैत २५, २०७६ मंगलबार १५:२५,

भारतबाट १७३ वटा मालबाहक गाडी भित्रिएको छ। पर्सा जिल्लास्थित विभिन्न नाकाबाट चैत २४ गते सो मालबाहक गाडी भित्रिएको प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिए।

एकीकृत भन्सार जाँचचौकी भएर १६४ वटा मालबाहक गाडी र पर्सा जिल्लाको इनरुवा नाकाबाट तरकारी र फलफूल बोकेका नौवटा गाडी भित्रिएको सचिव घिमिरेले बताए। त्यस्तै पर्साको एकीकृत भन्सार चौकीबाट भारततर्फ १०७ वटा र इनरुवा नाकाबाट आठवटा खाली मालबाहक गाडी गएको छ।

लकडाउनको अवधिमा कृषि क्षेत्र प्रभावित भएकाले भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले किसानलाई सामाजिक दूरी कायम गर्दै आफ्ना बालीनाली उठाउन, लगाउनका साथै छिट्टै नाश हुने अण्डा, दूध, चल्ला, बीउबिजन र तरकारीलगायतका कृषिजन्य वस्तु सुरक्षितरुपमा बजार पु¥याउने व्यवस्था मिलाउन किसानलाई आह्वान गरेको छ।

भारतमा सम्पन्न धार्मिक सभा तबलिकी जमातमा सहभागी भएका तीन जनासहित पाँच जनालाई चैत २३ गते राति सप्तरीको डाक्नेश्वरी नगरपालिकामा पक्राउ गरिएको छ। उनीहरु भारतबाट लुकीछिपी प्रवेश गरेपछि पक्राउ गरिएको हो। उनीहरुलाई स्थानीय माविको क्वारेन्टाइनमा राखिएको छ।

यसैबीच दिल्लीको निजामुद्दीनमा हालै सम्पन्न धार्मिक सभामा सहभागी भएका रोतहटको क्वारेन्टाइनमा रहेको १४ र वाराको क्वारेन्टाइनमा रहेका १० जना स्वाब परीक्षणको रिपोर्ट ‘नेगेटिभ’ आएको सचिव डा घिमिरे बताए।

प्रदेश नं २ मा अहिलेसम्म ११९ जनाको स्वाब परीक्षणका लागि सङ्कलन गरिएकामा १०३ को रिपोर्ट नेगेटिभ आएको र १६ जनाको रिपोर्ट आउन बाँकी रहेको छ। प्रदेश नं २ मा ९३६ क्वारेन्टिनमा, एक हजार २१३ जना होम क्वारेन्टाइनमा र २२ जना आइसोलेशनमा छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .