ad ad

कारोबार


हुवावेको तीन महिनाको आम्दानी झण्डै २६ अर्ब डलर

हुवावेको तीन महिनाको आम्दानी झण्डै २६ अर्ब डलर

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार १५:२०,

चिनियाँ टेक जायन्ट हुवावे टेक्नोलोजीजले सन् २०२० को पहिलो त्रैमासमा आफ्नो आम्दानी वृद्धि गर्न सफल भएको छ। कम्पनीले पहिलो क्वाटरमा १.४ प्रतिशतको वार्षिक आम्दानी बढाउँदै १८२.२ अर्ब चिनियाँ यूआन (करिब २५.७२ अर्ब अमेरिकी डलर) आर्जन गरेको छ।

आम्दानीमा भएको वृद्धिका साथमा कम्पनीले पहिलो त्रैमासमा ७.३ प्रतिशत नाफा समेत हासिल गरेको छ। विश्वभर कोभिड १९ महामारी र संक्रमण बढिरहेको समयमा ह्वावेले आफ्ना कर्मचारीहरुलाई सुरक्षाको लागि आवश्यक उपायहरु अपनाईरहेको छ। ‘कम्पनी र यसका आपूर्ति सञ्जालहरुले संयुक्तरुपमा अहिलेको उत्पादन र संचालन पुन शुरु गर्न कठिन चुनौतीहरु सामना गरिरहेका छन्।’ कम्पनीले जारी विज्ञप्तिमा भनेको छ।

कम्पनीले नेटवर्कहरु जनस्वास्थ्य समस्यामा रहेको बेला निकै महत्वपूर्ण हुने भन्दै नेटवर्क सञ्चालनलाई सामान्य गर्नु प्रमुख महत्व भएको बताएको छ। कम्पनीले यसको लागि क्यारियरहरुलाई निरन्तर र सुरक्षित नेटवर्क संचालन गर्नका लागि हरेक प्रकारको सहयोग गर्न तयार भएको स्पष्ट पारेको छ।

‘संगसंगै, हामी सोशल डिस्ट्यान्सिङले गर्दा सिर्जना भएको नेटवर्कको मागलाई पुर्याउन काम गरिरहेका छौ, जसमा मानिसहरु टेलिकम्युटिङ, डिस्ट्यान्स लर्निङ, र ईकमर्श दैनिक आवश्यकताको रुपमा प्रयोग गरिहेका छन्,’ कम्पनीले भनेको छ।

महामारी शुरुभएसँगै हुाववे र यसका पार्टनरहरुले ५जी तथा एआईमा आधारित मेडिकल एप्लिकेसनहरु शुरु गरिसकेका छन्। कम्पनीले धेरै भन्दा धेरै जीवनहरु बचाउन र महामारीका बिरुद्ध लड्न कम्युनिकेशन्स टेक्नोलोजिजमा भएको आफ्नो विज्ञता प्रयोग गरिरहेको जानकारी दिएको छ।

यसैअन्तरगत एआईमा आधारित कोरोनाभाइरस डाइग्नोसिस सलुसन्, ५जी सहितको रिमोट भिडियो कन्सल्टेशन, एआईमा आधारित थर्मल इमेजिङ डिभाइसहरु छन्। यसका अतिरिक्त ह्वावेले मास्क, परीक्षण कीटहरु र अन्य सुरक्षा उपकरणहरु विभिन्न देशहरु र संस्थाहरुलाई उपलब्ध गराउने कार्य गरिरहेको छ।

हुवावेका रोटेटिङ्ग चेयरम्यान एरिक झुले भने, ‘हामी आशा गर्दछौं की यो महामारी छिटोभन्दा छिटो सकिनेछ। विश्वभरका प्रत्येक बिरामीहरुलाई छिटोभन्दाा छिटो उपचार र हेरचाह गरिने हामी आशा गर्दछौं। समान चुनौतीहरुलाई समाधान गर्न हामी संगठित हुनुपर्नेछ, किनकी भाइरसले कुनै सीमाना, कुनै लक्षित व्यक्ति जसमा कुनै जात, रंग, वा सम्पत्ति हेर्दैन्।’

हुुवावेले आसियान मुलुकहरु जसमा इण्डोनेशिया, मलेशिया, थाईल्याण्ड, फिलिपिन्स, सिंगापुर, बंगलादेशलगायतसँग सहकार्य गरेर आवश्यक संचार चुनौतीहरुको समाधान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .