नेपालमा कोरोना भाइरसको संक्रमण भएर उपचारपछि निको हुनेको संख्या ५ पुगेको छ।
सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा उपचारत कैलालीका युवक मंगलबार डिस्चार्ज भएसँगै कोरोनमुक्त हुनेको संख्या ५ पुगेको हो।
सेती अस्पतालले विज्ञप्तिमार्फत कैलालीको धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय व्यक्ति कोरोनामुक्त भएर घर फर्किएकाे जानकारी दिएको हो।
यसअघि वैशाख ७ गते सोही अस्पतालबाटै अर्का युवक कोरोना संक्रमण निको भएर घर फर्किसकेका छन्।
यसअघि बागलुङमा उपचारत ६५ वर्षीया महिला र काठमाडौंको टेकु अस्पतालमा भर्ना भएका १९ वर्षीय युवती र सुरुका ३२ वर्षीय युवक कोरोनामुक्त भएर घर फर्किसकेका छन्।
याे पनि:
आज एकैदिन ११ काे रिपाेर्ट पाेजिटिभ, देशभर संक्रमितकाे संख्या ४२, उदयपुरमा मात्रै २४
प्रतिक्रिया