ad ad

समाज


चितवनमा जंगली च्याउ खाँदा एकै परिवारको पाँच बिरामी, एकको अवस्था गम्भीर

चितवनमा जंगली च्याउ खाँदा एकै परिवारको पाँच बिरामी, एकको अवस्था गम्भीर

नेपालखबर
बैशाख २१, २०७७ आइतबार ९:३६,

वनमा उम्रिएको च्याउ खाँदा भरतपुर महानगरपालिकाका पाँच जना बिरामी परेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–२९ जुगेडीमा एकै परिवारका पाँच जना बिरामी परेका हुन्।

कार्यालयका अनुसार बिरामी हुनेमा ५५ वर्षीय वीरबहादुर चेपाङ, उनको २५ वर्षीय छोरा सुमन चेपाङ, २२ वर्षीया बुहारी सिर्जना चेपाङ, छोरी १९ वर्षीया शर्मिला चोपाङ र १५ वर्षीया अञ्जना चेपाङ रहेका छन्। उनीहरुले घर नजिकै रहेको वनबाट टिपेर ल्याएको च्याउ शनिबार साँझ खाइका थिए।

च्याउ खाएसँगै बिरामी परेपछि आइतबार बिहान उनीहरुलाई भरतपुर अस्पतालमा उपचारका लागि ल्याइएको छ। वीरबहादुरको अवस्था गम्भीर रहेको र अन्यको सामान्य रहेको प्रहरीले जनाएको छ। गम्भीर वीरबहादुरको सघन उपचारकक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .