कोरोना भाइरस ‘कोभिड १९’ महामारीले विश्व आक्रान्त बनिरहेको समयमा सिंगापुरले भने यस समयलाई प्रविधि विकासको अवसरको रुपमा लिएको छ।
सिंगापुरले गत शुक्रबारदेखि कयौं रोवोटिक कुकुरहरु विभिन्न क्षेत्रमा खटाएको छ जसले मानिसहरुलाई कोरोना भाइरसविरुद्धको नियम पालना गर्न प्रेरित गर्नेछ।
कोरोना भाइरसबाट बच्न विश्व स्वास्थ्य संगठन डब्लूएचओले व्यक्ति–व्यक्तिबीचको दुरी ‘भौतिक दुरी’ एकदेखि २ मिटरसम्म कायम गर्न भनेको छ।
यी रोवोटिक कुकुरहरुले पार्क तथा सडकमा मानिसहरुलाई भौतिक दुरी कायम गर्न अनुरोध गर्नेछ साथै कोरोनाबाट बच्न सूचना दिनेछ।
रोवोटमा क्यामेरा र स्पिकर जोडिएको छ। जसले प्रहरीले गस्ती गरेकोजस्तै मानिसहरु जम्मा भएमा उनीहरुलाई त्यहीँ गएर भौतिक दुरीबारे जानकारी दिनेछ।
रोवोटमा जडान गरिएको क्यामेराले मानिसको व्यक्तिगत विवरण भने संकलन नगर्ने सिंगापुरको सरकारले जनाएको छ।
सिंगापुरको यस कार्यले रोवोटिक्स प्रविधिको क्षेत्रमा सिंगापुरले राम्रो फड्को मारेको विश्लेषण भएको छ।
यसअघि चीनले समेत कोरोना प्रकोपबीच ड्रोन, स्वचालित रोवोटिक कारहरुको प्रयोग गरेको थियो।
ड्रोनले कोरोनाविरुद्धको औषधि छर्किने, सूचना दिने कार्य गथ्र्यो भने रोवोटिक कारहरुले खाना घरघरमा पुर्याउथ्यो। एजेनसी
(भिडियो)
प्रतिक्रिया