ad ad

कारोबार


सिटिजन लाइफको जीवन बीमा कोषमा २१२ प्रतिशत वृद्धि

सिटिजन लाइफको जीवन बीमा कोषमा २१२ प्रतिशत वृद्धि

नेपालखबर
बैशाख ३१, २०७७ बुधबार ९:५३,

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व. २०७६/०७७ को तेश्रो त्रैमासिक (चैत्र मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। आज सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमाकोष बलियो बनाउँदै सो मा २१२ प्रतिशतले वृद्धि गरेको जनाएको छ।

गत चैत्र मसान्तमा कम्पनीको जीवन बीमा कोष रु. ४० करोड ४७ लाख रहेकोमा यस चैत्र मसान्तमा सो रकम १ अर्व २६ करोड ४५ लाख पुगेको छ। यसका साथै सोही अवधिमा कम्पनीको खुद बीमा शुल्कमा पनि ७९ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले गत आ. व. को चैत्र मसान्तसम्ममा खुद बीमाशुल्क रु. ६५ करोड ५ लाख संकलन गरेकोमा यस आ. व. को सोही अवधिमा रु. १ अर्व १६ करोड ३५ लाख खुद बीमाशुल्क संकलन गर्न सफल भएको छ ।

जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानीलाई प्राथमिकता दिई कुल लगानी रकम करिब रु ३ अर्व ६० करोड मध्ये ९६ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको लामो अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गर्न सफल भएको छ।

यस अघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्च दरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने कम्पनीको विश्वास छ। साथै कम्पनीले अहिलेको विषम परिस्थितिमा आफ्ना लिडरहरुको व्यवसायिक मनोवल उच्च गराउन सम्पूर्ण कर्मचारी तथा कम्पनीले निर्धारण गरेको व्यवसायिक लक्ष्य हासिल गरेका सम्पूर्ण एजेन्सी म्यानेजरहरुलाई रु. १ लाखको कोरोना भाइरस, कोभिड–१९ बीमा सुविधा उपलब्ध गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .