ad ad

समाज


श्रीमतीमा कोरोना संक्रमण देखिएपछि सशस्त्रका हवल्दार छोराछोरीसहित क्वारेन्टिनमा

श्रीमतीमा कोरोना संक्रमण देखिएपछि सशस्त्रका हवल्दार छोराछोरीसहित क्वारेन्टिनमा

नेपालखबर
बैशाख ३१, २०७७ बुधबार ९:५८,

श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएपछि सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारलाई होम क्वारेन्टिनमा राखिएको छ।

उनी मंगलबार रातिबाट एक छोरा र एक छोरीसहित होम क्वारेन्टिनमा बसेका हुन्।

कञ्चनपुरबाट फर्किएकी श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई पनि क्वारेन्टिनमा राखिएको हो। उनी आफन्तको गाडीमा सोमबार ८ जना सँगै काठमाडौं आएकी थिइन्। काठमाडौं आए लगतै श्रीमानले महिलालाई सशस्त्र प्रहरी अस्पताल बलम्बुमा कोरोना परीक्षणका लागि लगेका थिए।

उनी सशस्त्र प्रहरीको बलम्बु अस्पतालको ल्याबमा कार्यरत छन्। छोराछोरीमा संक्रमण नदेखिएको तर ती महिलामा भने संक्रमण देखिएको रिपोर्ट सोमबार साँझ सार्वजनिक भएको हो।

कोरोना संक्रमण देखिएपछि सशस्त्र प्रहरीको टोली गाडी लिएर ती महिलालाई लिन राति नै उनको घरमा पुगेको थियो। उनलाई अस्पताल लगेपछि वरिष्ठ हवाल्दारलाई होम क्वारेन्टिनमा बस्न भनिएको छ। अहिले उनको पनि कोरोना परीक्षणका लागि स्वाब संकलनको तयारी भइरहेको छ।

अहिले वडा कार्यालयमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिको बैठक बसिरहेको छ।

त्यस क्षेत्रमा कसरी कडाई गर्ने भन्ने विषयमा छलफल भइरहेको चन्द्रागिरी नगरपालिका ९ का वडाध्यक्ष देबेन्द्र महर्जनले बताए।

उनीहरु यहाँ एक तले घर बनाएर बस्दै आएका थिए। तर, भारतीय सीमानाकाका जिल्लामा कोरोना संक्रमणको जोखिम बढेपछि उनीहरु काठमाडौं फर्किएका थिए।

चन्द्रागिरी नगरपालिकाले यसबीचमा आफ्नो नगरपालिकामा फर्किनेलाई अनिवार्य कोरोना परीक्षण गर्न भनेकाले उनीहरु तत्काल कोरोना परीक्षण गराउन गएको नगरपालिकाकी सूचना अधिकारी रश्मी श्रेष्ठले बताइन्।

डडेलधुरा घर भएका उनीहरु पछिल्लो समय कञ्चनपुर सरेका थिए। तर हाल चन्द्रागिरी नगरपालिका ९ मा बस्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .