ad ad

कारोबार


बजेट कोराेनामा मात्रै केन्द्रित हुँदैनः अर्थमन्त्री

बजेट कोराेनामा मात्रै केन्द्रित हुँदैनः अर्थमन्त्री

नेपालखबर
बैशाख ३१, २०७७ बुधबार १२:६,

जेठ १५ मा आउने बजेट पूर्ण बजेट भएकोले कोरोनामा मात्रै केन्द्रित नहुने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन्।

संसदमा आगामी बजेटको सिद्धान्त र प्राथमिकता पेश भए पछि सांसदहरुले कोरोनामा बजेट केन्द्रित नभएको आरोप लगाएका थिए। सांसदका जिज्ञासाको उत्तर दिने क्रममा उनले आगामी वर्ष कोरोना नियन्त्रण र उपचारमा मात्रै नभइ अन्य काम पनि गर्नुपर्ने भएकोले अन्य कार्यक्रम पनि समावेश हुने बताएका हुन्।

नेपालमा द्रुत विकासको आकांक्षा धेरै रहेकोले अग्रगामी कार्यक्रमहरु पनि समावेश हुने उनले जानकारी दिए। आगामी वर्ष कोरोनाले प्रभावित भएको अर्थतन्त्रका विविध क्षेत्र उत्थानको कार्यक्रमलाई ध्यान दिएको समेत बताए। चालू आयोजनालाई पुरा गर्ने र केही नयाँ योजना समेत समावशे हुने अर्थमन्त्री खतिवडाले जनाकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .