सरकारले कोरोना महामारीको असरबाट क्षति भएकाे औद्योगिक–व्यावसायिक क्षेत्रका लागि राहत घोषणा गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रको नाममा गरेको सम्बोधनमा कर सहुलियत, शुल्क मिनाह, कर्जाको ब्याज सहुलियत, सहज ऋणको व्यवस्था गर्ने बताएका छन्। यस्तै, विद्युत लगायतका क्षेत्रमासमेत छुट सुविधा दिइने उनले बताए।
प्रधानमन्त्री ओलीले कृषिजन्य उत्पादन वृद्धि हुने आशासहित केही वस्तुको आयात रोक्ने बताएका छन्। नेपालमा विचौलियाका कारण कृषकले उचित मूल्य नपाएको गुनासो आइरहेको भन्दै त्यसलाई हटाउने उनले बताए।
यस्तै, सरकारले विकास आयोजना लाई प्राथमिकिकरण गरी अघि बढाउने पनि उनले बताएका छन्।
3
Shares
प्रतिक्रिया