ad ad

समाज


जनकपुरमा रियल टाइम पीसीआर मेशिन सञ्चालनमा

जनकपुरमा रियल टाइम पीसीआर मेशिन सञ्चालनमा

नेपालखबर
जेठ १२, २०७७ सोमबार १२:३६,

प्रदेश नं २को जनकपुरमा आजदेखि रियल टाइम पीसीआर मेशिन सञ्चालनमा आएको छ। प्रदेश सरकारले खरिद गरेको दुईवटा मेशिनमध्ये आज एउटा जनकपुरमा सञ्चालनमा आएको छ र अर्को सो मेशिन केही दिनमै राजविराजमा सञ्चालनमा आउने भएको छ।

यो मेशिन सञ्चालनमा आएपछि अब स्वाबको नमूना परीक्षणमा तीव्रता आउने विश्वास गरिएको छ। जनकपुरमा सञ्चालनमा आएको सो मेशिनबाट एकपटकमा ९६ वटा स्वाबको नमूनाको परीक्षण हुनेछ। एक दिनमा तीनपटकसम्म परीक्षण गर्ने क्षमता सो मेशिनको छ।

सामाजिक विकासमन्त्री नवलकिशोर साहले आज प्रयोगशालाको निरीक्षण गरेपछि सञ्चालनमा आएको हो। सो अवसरमा सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरे, जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा प्रमोद यादवलगायतको सहभागिता थियो।

जनकपुरमा रियल टाइम मेशिन सञ्चालनमा आउनासाथ प्राविधिक टोली राजविराजमा जडान गरिएको अर्को मेशिन सञ्चालन गर्न प्रस्थान गरेको छ। राजविराजमा पनि एक÷दुई दिनमा सञ्चालनमा आउने विश्वास गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .