लक डाउनको दुई महिना अर्थात चैत र वैशाख महिनामा ६७ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स घटेको छ।
यो दुई महिनामा ७५ अर्ब ४८ करोड रुपैयाँ मात्रै रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।
गत वर्ष यहि अवधीमा १ खर्ब ४३ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।
नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको ९ महिनाको विश्लेषण गर्दै कोरोनाको कारणले परेको प्रभाव र असरको आँकडा निकालेको छ। जसमा चैत र वैशाख दुई महिनामा ७ अर्ब १६ करोड रुपैयाँको निर्यात हुँदा १ खर्ब ९० करोड रुपैयाँको आयत भएको छ।
गत वर्ष यो अवधीमा १७ अर्ब ३१ करोडको निर्यात र २ खर्ब २९ अर्ब ३ करोडको आयात भएको थियो।
3
Shares
प्रतिक्रिया