ad ad

कारोबार


कुमारी बैंकद्वारा देवः विकास बैंक प्राप्तिको प्रस्ताव पारित

कुमारी बैंकद्वारा देवः विकास बैंक प्राप्तिको प्रस्ताव पारित

नेपालखबर
जेठ १९, २०७७ सोमबार ११:२८,

कुमारी बैंक लिमिटेडको विशेष साधारण सभा सोमबार सम्पन्न भएको छ।

बैंक सञ्चालक समितिका अध्यक्ष आमिर प्रताप राणाको अध्यक्षतामा भएको साधारण सभामा साविकको देवः विकास बैंकको प्राप्तिको प्रस्ताव पारित भएको छ।

कुमारी बैंकका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापन अधिकारीहरुका माझ एक समारोह बीच साविकको देवः विकास बैंक लिमिटेडको प्रारम्भिक सहमति तथा अन्तिम सम्झौता पत्रहरुको अनुमोदन सम्पन्न भएको छ।

उक्त प्राप्ति पश्चात बैंकको चुक्ता पूँजी १२ अर्ब ५० करोडभन्दा बढी हुनेछ। साथै, निक्षेप १२० अर्ब तथा कर्जा लगानी १०५ अर्ब र शाखा सञ्जाल भने २०९ हुनेछ।

यस विशेष साधारण सभामार्फत प्राप्ति पश्चात् कुमारी बैंकको प्रति १ कित्ता शेयर बराबर देवः विकास बैंकको ०.८६ कित्ता शेयर अनुपातमा शेयर मूल्य कायम हुने गरी स्वाप रेसियो स्वीकृत भएको छ।

यस कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू सबै अवलम्बन गरी बैंकले नवीन शैली प्रयोगमा ल्याउँदै डिजिटल प्लाटफर्म जुम मार्फत शेयरधनीहरुको मन्तव्य, सुझाव लिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .