ad ad

कारोबार


चेम्बर अफ कमर्सले लकडाउनबारे उपत्यकाका सीडीओलाई के सुझाव दियो?

चेम्बर अफ कमर्सले लकडाउनबारे उपत्यकाका सीडीओलाई के सुझाव दियो?

नेपालखबर
जेठ २२, २०७७ बिहिबार ११:२४,

नेपाल चेम्बर अफ कमर्सले उपत्यकाका तीनवटै सीडीओलाई लकडाउन खुकुलो पार्न सुझाव दिएको छ।

नेपाल चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले काठमाडौं, ललितपुर र भक्तपुरको प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मीहरु सित भेट गरेर कोभिड—१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाई लकडाउनलाई खुकुलो पारेर व्यवसायलाई आर्थिक चलायमान गर्नुपर्ने सुझाव पेश गरेका हुन्।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले काठमाडौंको प्रमुख जिल्ला अधिकारी जनकाराज दाहाल, ललितपुरको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र सुरक्षाकर्मीहरु सित भेट गरेर कोभिड—१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाई लकडाउनलाई खुकुलो पारेर व्यवसायलाई आर्थिक क्षेत्र चलायमान गर्नुपर्ने सुझाव पेश गरेका हुन्।

यी सुझावलाई तीनवटै प्रमुख जिल्ला अधिकारीहरुले सकारात्मक रुपले लिएका छन्। उनीहरुले यी सबै सुझावलाई लिएर नयाँ मोडालिटी बनाएर कोभिड—१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाई लकडाउनलाई खुकुलो बनाउने जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .