ad ad

राजनीति


राष्ट्रसंघ भन्छः फिलिपिन्सको लागुपदार्थ युद्धमा हत्या गर्न प्रहरीलाई अनुमति दिइयो

राष्ट्रसंघ भन्छः फिलिपिन्सको लागुपदार्थ युद्धमा हत्या गर्न प्रहरीलाई अनुमति दिइयो

नेपालखबर
जेठ २२, २०७७ बिहिबार ११:२३,

त्यस समयदेखि हालसम्म फिलिपिन्समा लागुपदार्थ सेवन गर्ने र लागुपदार्थ व्यापार गर्ने दशौं हजार मानिसहरु प्रहरीबाट मारिएका छन्।

बिहिबार फिलिपिन्सको लागुपदार्थ युद्धसँग सम्बन्धित एक प्रतिवेदश सार्वजनिक गर्दै संयुक्त राष्ट्रसंघले भनेको छ,‘फिलिपिन्सको लागुपदार्थ युद्धमा दण्डहिनता र प्रणालीगत गैरकानुनी हत्या भयो।’

लागुपदार्थविरुद्ध सशक्त कदम चाल्ने बताउँदै डुटेर्तेले चुनाव जितेका थिए। आफ्नो अभियानमा डुटेर्तेले प्रहरीलाई गोली हानेर हत्या गर्न नै आदेश दिएको राष्ट्रसंघले जनाएको छ।

राष्ट्रसंघले प्रतिवेदनमा भनेको छ,‘फिलिपिन्स सरकारले हत्याको लागि अनुमति दियो।’ फिलिपिन्स सरकारको यस कार्यलाई राष्ट्रसंघले मानव अधिकारविरुद्धको कार्य भनेको छ।

Relatives of victims in President Rodrigo Duterte’s war on drugs hold a memorial for their loved ones at a church in Manila. Photo: AP

रिपोर्टमा भनिएको छ,‘घर छापा मार्दा वा कसैलाई गिरफ्तार गर्दा प्रहरीलाई पक्राउ पुर्जी आवश्यक छैन, संदिग्ध व्यक्तिहरुलाई प्रहरीको भनाइअनुसार बयान दिन बाध्य पारिन्छ नभए उनीहरुले घातक शक्तिको जोखिम सामना गर्नुपर्छ।’

सन् २०१७ मा मनिलाका एक १७ वर्षको किशोरलाई तीन प्रहरीले गोली हानेर मारेका थिए।

सीसीटीभी फुटेजमा प्रहरीले हत्या गरेको प्रस्ट देखिएपछि स्थानीय नागरिकहरु सरकारविरुद्ध आन्दोलित छन्। प्रहरीले कानुनको पालना गरेको प्रतिक्रिया जनाउँदै आएका छन्।

डुटेर्तेले एकपटक फिलिपिन्समा लागुपदार्थ सेवन गर्ने र लागुपदार्थको व्यापार गर्नेलाई हेलिकप्टर माथिबाट खसाल्ने धम्की नै दिएका थिए।

हत्या नै लागुपदार्थविरुद्धको अभियानको विकल्प नभएको प्रतिवेदमा उल्लेख गरिएको छ। एससीएमपी

Philippines: Playing dead to survive Duterte's drug war | News ...

Philippine police with seized packets of shabu. Photo: AP

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .