ad ad

कारोबार


तीनै जिल्लाका सीडीओसँग राजेशकाजीले भनेः अब व्यवसाय बन्द गर्न सक्दैनौं

तीनै जिल्लाका सीडीओसँग राजेशकाजीले भनेः अब व्यवसाय बन्द गर्न सक्दैनौं

नेपालखबर
जेठ २२, २०७७ बिहिबार ११:२९,

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोभिड-१९ बाट बच्न सुरक्षाका उपाय अपनाई लकडाउनलाई खुकुलो पारेर व्यवसायलाई आर्थिक चलयमान गर्नुपर्ने बताएका छन्।

बिहीबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुसहितको बैठकमा अध्यक्ष श्रेष्ठले अब व्यवसाय बन्द गर्न सक्ने अवस्थामा व्यवसायीहरु नरहेको बताएका थिए।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकाराज दाहाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको उपस्थितिमा भएको छलफलमा उनले कोभिड-१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाई लकडाउनलाई खुकुलो पारेर व्यवसायलाई आर्थिक चलयमान गर्नुपर्ने सुझाव पेश गरेका हुन्।

यि सुझावलाई तीनवटै प्रमुख जिल्ला अधिकारीहरुले सकारात्मक रुपले लिएका थिए। उनीँहरुले यि सबै सुझावलाई लिएर नयाँ मोड्यालिटि बनाएर सुरक्षाका विभिन्न उपाय अपनाई लकडाउनलाई खुकुलो बनाउन मन्त्रिपरिषदमा सिफारिस गरिने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .