ad ad

राजनीति


मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद् बैठक जारी

नेपालखबर
जेठ २२, २०७७ बिहिबार ११:२७,

सरकारले लकडाउनको ढाँचा परिवर्तन गर्ने तयारी गरिरहेको चर्चा चलिरहेका बेला मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

लकडाउन सुरु भएको ७३औं दिन भइसक्दा सर्वसाधारण र व्यवसायी लगायत सबैले अहिलेकै अवस्थामा जारी रहन नसक्ने भनी केहि परिवर्तन गरी व्यवस्थित रुपमा गर्न सरकारलाई चर्को दबाब परिरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनकै विषयमा बुधबार स्वास्थ्य, अर्थ, व्यवसाय लगायत बिभिन्न क्षेत्रका विज्ञहरुसँग परामर्श गरेका थिए।

बालुवाटार स्रोतले भने बिहीबारको बैठकमा लकडाउनसम्बन्धी निर्णय गर्ने संभावना कम भएको बताएको छ।

‘त्यसबारे उच्चस्तरीय समन्वय समितिमा पनि छलफल नभएको हुँदा आजको बैठकमा लकडाउनबारे निर्णय हुने संभावना कम देखिन्छ,’ स्रोतले भन्यो।

सोमबार बस्नुपर्ने नियमित बैठक त्यसदिन नबसेका कारण आज बिहीबार बसेको ती अधिकारीको भनाई छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक नियमित कार्यसूचीमा जारी रहेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .