ad ad

कारोबार


चौधरी फाउण्डेसनद्वारा सुरक्षित मातृत्व सेवाका लागि स्वास्थ्य उपकरण सहयोग

चौधरी फाउण्डेसनद्वारा सुरक्षित मातृत्व सेवाका लागि स्वास्थ्य उपकरण सहयोग

नेपालखबर
जेठ २३, २०७७ शुक्रबार ११:४१,

चौधरी फाउण्डेसनले प्रसूति सेवाकेन्द्रहरुका लागि स्वास्थ्यसम्बन्धी विविध उपकरणहरु वितरण गरेको छ।

शुक्रबार फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले ती सामग्री सुरक्षित मातृत्व सञ्जाल महासंघका महासचिव रविन्द्र बहादुर प्रधानलाई हस्तान्तरण गरेका हुन्।

कोरोना भाइरसको रोकथाम तथा स्वास्थ्यकर्मीको सुरक्षाको लागि अत्यावश्यक ६० थान पीपीई, ७५ सय थान मास्क, ६ हजार थान ग्लोब्स, ३० थान थर्मल गन, १६० लिटर सेनिटाइजर, १६ सय ८० थान सेनिटरी प्याड, ६ सय थान हात धुने साबुनलगायतका सामग्री वितरण गरिएको हो।

महिलाहरुको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको अधिकारको रक्षाका लागि विविध कार्यहरु गर्दै आएको सुरक्षित मातृत्व सञ्जाल महासंघले उक्त सामग्री प्रदेश २ का विभिन्न ३० प्रसूति गृहहरुमा वितरण गरिने महासंघले जनाएको छ।

नेपाल दक्षिण एसियामा नै उच्च मातृ र शिशु मृत्युदर भएको मुलुकअन्तर्गत पर्दछ। सन् २०१६ को जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणअनुसार नेपालमा प्रति एक लाखमा २ सय ३९ मातृ मृत्युदर छ। स्वास्थ्य उपकरणको अभाव हुँदा गर्भवती महिलाहरु चेकजाँचबाट नै वञ्चित हुनुपर्ने अवस्था रहेको र लकडाउनको अवधिमा ३१ जना गर्भवती तथा सुत्केरीले ज्यान गुमाउनपुगेको समाचार हालै सार्वजनिक भएका छन् ।

अझ २ नम्बर प्रदेशमा भारतबाट आएको ठूलो जनसंख्या बसोबास गर्ने भएकाले कोरोना भाइरस संक्रमणका कारण मातृ तथा नवजात शिशुको स्वास्थ्य यस क्षेत्रमा अझ बढी जोखिममा रहेको छ। यस्तोमा उक्त प्रदेशमा सुरक्षित प्रसूति सेवा प्रवाह गर्न अग्रपंक्तिमा रही कार्यरत स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य सामग्रीकै अभावमा उपचार नपाएर गर्भवती, सुत्केरी तथा नवजात शिशु कसैले अकालमै ज्यान गुमाउन नपरोस् भनेर उक्त सामग्रीहरु सहयोग गरेको फाउण्डेसनले जनाएको छ।

यसअघि चौधरी फाउण्डेसनले मुलुकभरिका विभिन्न १ सय १९ स्वास्थ्य केन्द्रहरुमा मेडिकल उपकरण वितरण गरिसकेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .