ad ad

समाज


न्युयोर्कमा एक वृद्धमाथि प्रहरीको दुर्व्यवहार, सर्वत्र आलोचना

न्युयोर्कमा एक वृद्धमाथि प्रहरीको दुर्व्यवहार, सर्वत्र आलोचना

नेपालखबर
जेठ २३, २०७७ शुक्रबार ११:४२,

 संयुक्तराज्य अमेरिकामा एक अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्युको विषयलाई लिएर देशव्यापी आन्दोलन चलिरहँदा न्यूयोर्क प्रहरीले बिहीबारको प्रदर्शनमा सहभागी एक वृद्धमाथि गरेको दुर्व्यवहारलाई लिएर प्रहरीको सर्वत्र आलोचना हुन थालेको छ।

डब्लुएफबीओले सार्वजनिक गरेको फुटेजमा न्यूयोर्कको बुफेलो प्रहरीका अधिकृतले ७५ वर्षीय एक वृद्ध व्यक्तिलाई नियागारा स्क्वाएरमा छातीमा समातेर धकेलेर भुइँमा लडाएको देखिएको छ। ती वृद्ध व्यक्ति सडकमा उत्तानो पर्छन्, टाउको भुइँमा बजारिन्छ र कान तथा टाउकाको पछाडिबाट रगत बगेको फुटेको देखिएको छ।

तर नियागारा स्क्वाएरमा भेला भएका प्रदर्शनकारीलाई पन्छाउनेक्रममा सहभागी प्रहरीको समूह उनलाई बेवास्ता गर्दै अगाडि बढेको देखिन्छ। यो भिडियो सार्वजनिक भएसँगै प्रहरीको व्यवहारलाई लिएर चौतर्फी आलोचना हुन थालेको छ। बुफेलो प्रहरीले भने एक व्यक्ति ठेस लागेर भुइँमा लडेको भनाइ सार्वजनिक गरेको छ।

प्रहरीले उक्त घटनाको छानबिन थालिसकेको जनाएको छ। प्रहरी आयुक्तले उक्त घटनामा संलग्न दुई प्रहरीलाई निलम्बन गरिएको बताएका छन्।

पश्चिम न्यूयोर्कका मेयरले वृद्ध व्यक्तिमाथि भएको व्यवहारबाट आफू अत्यन्त दुःखित भएको प्रतिक्रिया दिएका छन्। न्यूयोर्कको एक अस्पतालमा उपचार गराइरहेका ती वृद्ध व्यक्तिको स्वास्थ्य अवस्था ‘स्थिर’ रहेको बताइएको छ।

न्यूयोर्कका गभर्नर एन्ड्रु कुमोले वृद्ध व्यक्तिमाथि दुर्व्यवहार गर्ने प्रहरी अधिकारीको निलम्बनलाई स्वीकृत गरेका छन्। रासस–एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .