ad ad

कारोबार


कुवेतबाट ३ सय नेपाली काठमाडौं आइपुगे

कुवेतबाट ३ सय नेपाली काठमाडौं आइपुगे

नेपालखबर
जेठ २९, २०७७ बिहिबार ७:४७,

विदेशमा रहेका नेपाली उद्धार गर्ने क्रममा आज कुवेतबाट दुवै जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।

एयरबस ए३२०–२५१एन दुई जहाजमा कुल ३ सय नेपालीहरु स्वदेश फर्किएका हुन्।

नेपाली महिला लिएर जजिरा एयरवेजका  जहाजहरु नेपाल आएका हुन्। साढे ११ बजे आइपुगेको एयरवेजको पहिलो जहाज काठमाडौंबाट कुवेत फर्किएको छ भने अर्को जहाज भर्खरै विमानस्थलमा अवतरण गरेको हो।

अब उनीहरुलाई नेपाली सेनाले प्रदेश अनुसार होल्डिङ सेन्टरमा लानेछ।

त्यसपछि होटल क्वारेन्टिनमा बस्नेलाई होटलमा र अफ्नो घर फर्कनेलाई सम्बन्धीत प्रदेश तथा स्थानिय तहको समन्वयमा पठाइने छ। उनीहरु १४ दिन सरकारले निर्धारण गरेको क्वारेन्टिनमा बस्नुपर्नेछ।

कुवेतले बिनाजरिवाना स्वदेश फर्किन पाउने गरी अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा राखिएका नेपालीलाई आफ्नै खर्चमा दैनिक दुइटा विमानमार्फत नेपाल पठाउन नेपाल सरकारसमक्ष प्रस्ताव राखेको थियो।

अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा २ हजार ९ सय ९१ नेपाली छन्। तीमध्ये १ हजार ६ सय ८८ पुरुष र १ हजार ३ सय ३ महिला छन्।

कुवेत सरकारका अनुसार यी सबै नेपाली नेपाल फर्काउन कम्तीमा २० उडान गराउने तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .