निजी क्षेत्रको अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रा.लि.ले क्लियर टिभी सेवामा इ-कक्षा प्रसारण सुरु गरेको छ।
इ-कक्षा क्लियर टिभीको २९३ नं च्यानलमा प्रसारित छ। कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई यस्तो समयमा उपयोगीमुलक शैक्षिक सेवा दिनका निम्ति डियर वाल्क इन्स्टिच्युट अफ टेक्नोलोजीले तयार पारेको शैक्षिक सामग्रीलाई समावेश गरी च्यानलको प्रसारण सुरु गरिएको हो।
विज्ञान, समाजिक शिक्षा, अंग्रेजी, गणित र नेपालीको पाठ्यक्रम समावेश गरिएको यस इ-कक्षा सोमबारदेखि शुक्रबारसम्म बिहानको ११ बजेदेखि सुरु हुनेछ।
विद्यार्थी वर्गका निम्ति यो कार्यक्रम निकै नै लाभदायक रहने विश्वास लिइएको छ। थप जानकारी ग्राहकहरुले क्लियर टिभीको २९३ नं च्यानलमा प्राप्त गर्न सक्नेछन्।
प्रतिक्रिया