आगामी आर्थिक वर्षको लागि सोमबार सातै प्रदेशले बजेट ल्याउँदा तीमध्ये बागमती प्रदेशले सबै भन्दा ठूलो बजेट ल्याएको छ।
आर्थिक वर्ष २०७७–०७८ को लागि आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट विनियोजन गरेका छन्।
कुल विनियोजित रकममध्ये चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार पुँजीगततर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार रुपैयाँ छुट्याएको हो।
आगामी आवको खर्च व्यहोर्नका लागि कर राजस्वतर्फ २० अर्ब ३ करोड ७ लाख, अन्तर सरकारी अनुदान १७ अर्ब ६ करोड ९ लाख, अन्य राजस्वतर्फ ५ अर्ब १२ करोड ९७ लाख र राजस्व बचततर्फ ७ अर्ब ५० करोड प्राप्त हुने अनुमान रहेको मन्त्री ढुंगेलले जानाकारी गराए।
बजेट कार्यक्रम अन्तर्गत प्रदेशले गौरबको परियोजनाको रुपमा पोष्टबहादुर बोगटी सुरुङमार्ग (भिमफेदी कुलेखानी) निर्माण कार्य सुरु गरिने बताएको छ।
त्यसैगरि बागमती प्रदेशले विद्युतीय सवारी साधन खरिद गर्नेछ।
खाद्यान्नतर्फ उन्नत बीउमा प्रतिकेजी २० रुपैंयाको दरले अनुदान दिने घोषणा गरेको छ। जसमा धान, मकै, गहुँ रहेको मन्त्री ढुंगेलले बताए।
प्रतिक्रिया