ad ad

कारोबार


गण्डकी विकास बैंकद्वारा बालबालिकालाई सहयाेग

गण्डकी विकास बैंकद्वारा बालबालिकालाई सहयाेग

नेपालखबर
असार ७, २०७७ आइतबार १३:५४,

गण्डकी बिकास बैंक लिमिटेड कास्की, तालचोक शाखाले विद्यार्थीहरुलाई सहयोग सामाग्री हस्तान्तरण गरेको छ।

बैंकले पोखरा महानगरपालिका २७ मा रहेको कृष्ण प्रणामी बृन्दावन धाममा आवासीय रुपमा अध्ययनरत आठ बालबालिकाहरुको पठनपाठन तथा भोजनमा सहयोग पुग्ने गरी खाद्यान्न सहयोग गरेको हो।

तालचोक शाखाको चौथो स्थापना दिवसका अवसरमा गरिएको खाद्यान्न सहयोग हस्तान्तरण गर्दै गण्डकी विकास बैकका कार्यकारी प्रमुख रेशम बहादुर थापाले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत खाद्यान्न सहयोग गरेको बताउँदैै बैंकले यस्ता प्रकारका कार्यक्रमहरुलाई आगामी दिनहरुमा पनि निरन्तरता दिँदै जाने बताए।

कार्यक्रमका अवसरमा कृष्ण प्रणामी बृन्दावन धामका गुरु विष्णु वशिष्ठले उक्त सहयोगबाट त्यस संस्थामा केही भएपनि राहात पुग्ने भन्दै बैंकले गरेको सहयोग साना बाबुनानीहरुको भविष्यसँग जोडिएकोले पुण्यको काम भएको वताए।

धामकी सञ्चालक कला गुरुङ्गले गण्डकी विकास बैँक परिवार प्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेकी थिइन्।

तालचोक शाखाका प्रवन्धक सन्तोष गुरुङ्गले गण्डकी विकास बैँक लिमिटेडले आफ्नो स्थापनाकाल देखिनै सामाजिक क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आइरहेको वताए।

उक्त अवसरमा लेखनाथ क्षेत्रमा बसेर पत्रकारिता गरिरहेका त्यस कार्यक्रममा उपस्थित पत्रकारहरुलाई मास्क र स्यानीटाइजर समेत वितरण गरिएको थियो।

सो अवसरमा कृष्ण प्रणामी बृन्दावन धामका उपाध्यक्ष शंकर पौडेल, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष भीमपाणि बराल, धामकी कोषाध्यक्ष उमा गुरुङ्ग लगायतल बैंकको सहयोग प्रति आभार एवं धन्यवाद व्यक्त गरेका थिए।

गाण्डकी विकास बैँकका सहायक कार्यकारी ज्ञानेन्द्र पन्त, कर्मचारीहरुको उपस्थिति रहेको उक्त कार्यक्रम लेखनाथ पत्रकार मञ्चका कोषाध्यक्ष सन्दिप पौडेलले गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .