ad ad

कारोबार


प्रधानमन्त्रीले भनेः उद्योगी व्यवसायीलाई अप्ठ्यारोमा पार्ने सरकारको नियत छैन

प्रधानमन्त्रीले भनेः उद्योगी व्यवसायीलाई अप्ठ्यारोमा पार्ने सरकारको नियत छैन

नेपालखबर
असार १५, २०७७ सोमबार ८:५,

उद्योगी व्यवसायीलाई अप्ठ्यारोमा पार्ने सरकारको कुनै नियत नरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।

नेपाल उद्योग परिसंघको १७औँ वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्री ओलीले अहिले निजी क्षेत्रलाई परेको असरबारे छलफल गर्नसक्ने बताउँदै निजी क्षेत्रलाई अप्ठ्यारो हुने नीतिहरु नबनाउने बताएका हुन्।

उनले भर्चुअल कार्यक्रममा बाुल्दै सरकारको र निजी क्षेत्रको छुटछुट्टै उद्देश्य रहेको बताए। व्यवसायीले उद्योगधन्दा, व्यापार र व्यवसाय गरेर देशलाई पुर्याएको योगदानको सरकारले कदर गरिरहेको र गर्ने पनि विश्वास दिलाए।

व्यवसायीले अख्तियार विधेयक रोक्न माग गरेबमोजिम नै रोकेको जानकारी दिए। सरकारको काम भनेको नियमन र प्रवर्द्धन दुवै भएकाले यसलाई अन्यथा नलिन पनि आग्रह गरे।

सन् २००२ मा स्थापना भएयता परिसंघले धेरै राम्रा काम गरेको बारे आफू जानकार रहेको र यसले अर्थतन्त्रलाई माथि उठाउन गरेको योगदानको बारेमा समेत आफू जानकार रहेको बताए। क्षेत्रीय तवरमा होस् वा अन्तर्राष्ट्रिय तवरमा मित्रता कायम गरेको र कठिनाइको अनुभवको सिकाइबाट अघि बढेर यसले नेपाललाई ठूलो योगदान पुर्याएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .